पाठ-१
सामाजिकीकरण
(Socialization)

अभ्यासः
अति छोटो उत्तर आउने प्रश्नहरूः
१. सामाजिकीकरण भन्नाले के बुझिन्छ?
उत्तर ः- सामाजिकीकरण भन्नाले मानिसका गतिविधिलाई समाजसँग अनुकूल बनाउने कार्य भन्ने बुझिन्छ।
२. परिवारबाट बच्चाहरूले कस्तो सामाजिक व्यवहार सिक्छन्? कुनै दुईवटा कारण उल्लेख गर्नुहोस्।
उत्तर- परिवारबाट बच्चाहरूले भाषा र संस्कार जस्ता सामाजिक व्यवहार सिक्छन।
३. सामाजिकीकरणका दुईवटा तत्वहरू लेख्नुहोस्।
उत्तर- सामाजिकीकरणका तत्वहरूमध्ये दुई तत्वहरू भाषा र समाजिक अन्तरक्रिया र सम्मान हुन्।
४. सामाजिकीकरणका कुनै दुई माध्यहरू लेख्नुहोस्।
उत्तर- सामाजिकीकरणका माध्यमहरूमध्ये दुई माध्यम परिवार र साथीभाइ छरछिमेकी हुन्।
५. सामाजिकीकरणको एक प्रमुख विशेषता उल्लेख गर्नुहोस्।
उत्तर- सामाजिकीकरणको विशेषताहरू धेरै छन्। ती मध्ये एक उल्लेख गर्नुपर्दा सामाजिकीकरण सिक्ने प्रक्रिया हो।
____________________________________________________________
छोटो उत्तर आउने प्रश्नहरूः-
१. सामाजिकीकरणका विशेषताहरुको चर्चा गर्नुहोस् ।
उत्तर- मानिसका गतिविधिलाई समाजसँग अनुकूल बनाउने कार्य नै सामाजिकीकरण हो। यसका विशेषताहरूलाई तल बुँदागत रुपमा उल्लेख गरिएको छः-
- सामाजिकीकरण सिक्ने प्रक्रिया हो।
- जुनसुकै उमेरका मानिसहरू पनि सामाजिकीकरण प्रक्रियामा संलग्न हुन्छन्।
- सामाजिकीकरण साँस्कृतिक हस्तान्तरणको प्रक्रिया हो।
- सामाजिकीकरण समाज र समय अनुसार फरक हुन्छ।
- सामाजिकीकरण प्रक्रियाले व्यक्ति सामाजिक प्राणी बन्छ।
- समाजिकीकरण एक सर्वव्यापी प्रक्रया हो।
- समाजिकीकरणमा विभिन्न निकायहरू संलग्न हुन्छन्।
२. सामाजिकीकरणको महत्व उल्लेख गर्नुहोस्।
उत्तर- मानिसले समाजमा सहज घुलमिल हुनका लागि आवश्यक सीप, ज्ञान र अनुभव प्राप्त गर्ने निरन्तर प्रक्रियालाई सामाजिकीकरण भनिन्छ। यसका महत्वहरूलाई देहाय बमोजिम उल्लेख गरिएको छः-
- सामाजिकीकरणबाट सबै उमेर समूहका मानिसले सामाजिक व्यवहार, मूल्य, मान्यताहरू सिन्दछन्।
- सामाजिकीकरणले व्यक्तित्व विकासमा सघाउँछ।
- सामाजिकीकरणबाट जीवन पद्धतिको तरिकालाई सरल र सहज बनाउँछ।
- सामाजिकीकरणले समाजमा बाँच्ने सीपको विकास हुन्छ।
- सामाजिकीकरणले समाजलाई अनुशासित बनाउँछ।
३. "आपसी सहयोग र अन्तरक्रियाले सामाजिकीकरणमा सहयोग गर्छ।" यस भनाईलाई उदाहरणसहित प्रष्ट पार्नुहोस्।
उत्तर- जब मानिसहरू आपसमा मिलेर काम गर्छन्, एकअर्कालाई सहयोग गर्छन्, एकअर्कासँग कुराकानी गर्छन्, भावना साटासाट गर्छन्, तब उनीहरूले सामाजिक व्यवहार, मूल्य मान्यता, नियम र संस्कारहरू सिक्न थाल्छन्। यस कार्यले मानिसहरूमा विचार र भावानाहरू आदानप्रदान हुन्छ। मानिसमा दयाँमाया, परोपकारी भावनाहरू, बन्धुत्व तथा सामुहिक भावनाहरूको विकास हुन्छ। मानिसले सामाजिक अन्तरक्रियाबाट नयाँ ज्ञान, सीप र अनुभव प्राप्त गर्दछ जसले मानिसको जीवन पद्धतिलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। यसरी आपसी सहयोग र अन्तरक्रियाले सामाजिकीकरणमा सहयोग गर्छ। उदाहरणका लागि बुबा–आमाले बच्चालाई खाना पकाउन लगायतका घरका काममा मद्दत गर्न लगाउँछन्। बच्चाले काम गर्ने तरिका मात्र होइन, आपसी सम्मान, जिम्मेवारी र अनुशासन पनि सिक्छ। यस्तै व्यवहारबाट बच्चाले सामाजिक नियमहरू बिस्तारै आत्मसात् गर्छन्।
४. तपाई सामाजिकीकरणका तत्वहरूमध्ये कुन चाहिँ तत्वलाई महत्वपूर्ण मान्नुहुन्छ, किन? आफ्नो तर्कहरू चार बुादामा उल्लेख गर्नुहोस्।
उत्तर- सामाजिकीकरणका तत्वहरू भाषा, सामाजिक अन्तरक्रिया र सम्मान एवं प्रेम, स्नेह र सहयोग गरी ३ वटा छन्। सबै तत्वहरू महत्वपूर्ण छन् यद्यपि ती मध्ये म भाषालाई सबैभन्दा महत्वपूर्ण तत्व मान्दछु। मेरो चार तर्कहरू निम्नलिखित बुँदामा उल्लेख गरेको छुः-
- भाषा भावना र विचार साटासाट गर्ने माध्यम हो।
- भाषा बिना समाजमा सामाजिक अन्तरक्रिया हुनै सक्दैन।
- भाषाले समाजमा सामाजिक मूल्य मान्यता, रहनसहन तथा संस्कारहरू बोकेको हुन्छ र हस्तान्तरण गर्न सहयोग गर्दछ।
- भाषा बिनाको समाज परिकल्पना गर्न सकिदैन।
यसरी उल्लेखित बुँदाहरूबाट सामाजिकीकरणका तत्वहरू मध्ये भाषा सबैभन्दा महत्वपूर्ण तत्व हो भन्न सकिन्छ।
५. सामाजिकीकरणमा प्रेम र स्नेहले कसरी मद्दत गर्दछ? आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस्।
उत्तरः- सामाजिकीकरणका विभिन्न तत्वहरूमध्ये प्रेम र स्नेह पनि एक प्रमुख तत्व हो। प्रेम र स्नेहले एक अर्काबिचमा आत्मीयता अभिवृद्धि गर्छ । प्रेम र स्नेह आत्मीयता, सद्भाव र सहकार्यको आधार हो। यसले मानिसप्रति विश्वास र अपनत्व प्रदान गर्छ । प्रेम र स्नेहले विभिन्न सकारात्मक कुराहरू पालना गर्न उत्प्रेरणा दिन्छ। प्रेम र स्नेहले आफ्नोपनको आभाष दिन्छ, जसले गर्दा एक अर्कामा सबै विचार तथा भावनाहरू खोलेर व्यक्त गर्न सकिन्छ भने मनमा उब्जेका कौतुहलताहरू हल गर्न सकिन्छ। यसरी प्रेम र स्नेहले अपनत्वको भावना सृजना गरी समाजलाई बुझ्न र अन्तरक्रिया गर्न एकदमै सहज बनाइदिन्छ। जसले व्यक्तिलाई सामाजिकीकरणमा महत्वपूर्ण भूमिका खेल्दछ।
६. "सामाजिकीकरणका विभिन्न माध्यमहरूमध्ये दौतरी समूहको भूमिकालाई महत्वपूर्ण मानिन्छ।" यस भनाईप्रति आफ्नो तार्किक विचार चार बुँदामा प्रस्तुत गर्नुहोस्।
उत्तर- समान वा मिल्दाजुल्दा उमेर तथा तहका साथीहरू नै दौतरी हो। सामाजिकीकरणका विभिन्न माध्यमहरूमध्ये दौतरी समूहको भूमिकालाई महत्वपूर्ण मानिन्छ। यस भनाईलाई निम्न चार बुँदामा तार्किक विचार प्रस्तुत गर्न सकिन्छ:
- दौतरी समूहमा विद्यालय आवतजावत, खेलकुद, मनोरञ्जनका कार्य गर्दा उनीहरूबिच सहजै अन्तरघुलन हुनुका साथै सामाजिक व्यवहारको आदान प्रदान हुन्छ।
- सहयोग, सहकार्य, मेलमिलापका अभ्यास हुने हुँदा दौंतरी समूह सामाजिकीकरणको एक माध्यम बनेको छ ।
- दौतरी समूहका साथीहरूसँग परिवारका सदस्यहरूसँग भन्दा पनि बढी नजिक भएर अन्तरक्रिया हुने हुँदा यसबाट व्यक्तिले सामाजिक व्यवहार, भाषा, अनुशासन र सामाजिक मूल्यहरू सहज रूपमा सिक्ने गर्दछ। यस किसिमको सिकाइ औपचारिक भन्दा अनौपचारिक र व्यवहारिक हुन्छ।
- दौतरी समूहमा सहभागिता गर्दा व्यक्तिहरूले आफ्ना विचार राख्न, असहमत हुन, सहकार्य गर्न र निर्णय लिन सिक्छन्, जसले स्वतन्त्रता र जिम्मेवारीबोधको विकासमा सहयोग गर्छ। आदि
उल्लेखित बुँदाहरूबाट बुझ्न सकिन्छ कि सामाजिकीकरणमा दौतरी समूहको महत्वपूर्ण भूमिका रहन्छ।
७. सामाजिकीकरणका प्राथमिक निकाय र द्वितीय निकायबीच भिन्नता छुट्याउनुहोस्।
उत्तर- सामाजिकीकरणका प्राथमिक निकाय र द्वितीय निकायबीच भिन्नता निन्नानुसार तालिकामा प्रस्तुत गरिएको छः-
|
प्राथमिक निकाय
|
द्वितीय निकाय
|
|
१. सबै मानिस अनिवार्य सहभागी
हुन्छन्।
|
१. सबै मानिस सहभागी नहुन पनि सक्छन्।
|
|
२. सामाजिक मूल्य मान्यता, भाषा,
संस्कृति आदि आधारभूत कुराहरू सिक्दछ।
|
२. विशेष ज्ञान, अनुशासन र सामाजिक नियम सिक्दछ।
|
|
३. यो व्यक्तिगत र भावनात्मक हुन्छ।
|
३. यो औपचारिक र पेशागत हुन्छ।
|
|
४. परिवार, आमाबुबा, नातागोता आदि
प्राथमिक निकाय हुन्।
|
४. विद्यालय, सञ्चार माध्यम, विभिन्न संघसंस्था आदि
द्वितीय निकाय हुन्।
|
समाप्त