उज्यालो यात्रा


शब्दभण्डार

१. दिइएका अर्थ आउने शब्द 'उज्यालो यात्रा' कविताबाट खोजेर लेख्नुहोस्: 

(क) मनमा उत्पन्न हुने भाव वा विचार - भावना

(ख) श्रीखण्ड घोटेर बनाइएको लेप - चन्दन

(ग) गौरवले भरिएको -सगौरव

(घ) आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम - त्याग

(ङ) सबैभन्दा उच्च वा अग्लो - सर्वोच्‍च

२. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस् : 

गाई मानिसले पाल्ने घरपालुवा जनावर हो। यो चौपाया वर्गीभत्र पर्छ । मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ । शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ । दुग्ध र दुग्धजन्य पदार्थ बिक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन् । गाईपालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ । 

उत्तर-

  • मानिस - मानव
  • उपार्जन - आम्दानी

३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस् : 

शक्ति- बल

प्रेम- माया

धर्ती- पृथ्वी

शिर- माथ

कर्म- काम

सुन्दर- राम्रो

जिन्दगी- जीवन 

महान्-ठूलो, सर्वश्रेष्ठ

हावा-पवन

आकाश-गगन 

नयन- आँखा 

४. 'उज्यालो यात्रा' कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस् : 

निम्न- उच्च

दुःखी- सुखी

अज्ञान- ज्ञान

सम्भव-असम्भव

 आफ्‌नो- पराई

अन्याय- न्याय

५. उदाहरणमा दिए जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् 

उदाहरण 

धारिलो - भुत्ते 

धेरै  - थोरै 

क) माया- घृणा 

    हामीले सबैलाई माया गर्नुपर्छ।

   हामीले कसैलाई घृणा गर्नु हुँदैन।

ख) जीवन - मृत्यु

     हामीले सार्थक जीवन जिउने प्रयत्‍न गर्नुपर्छ।

     जन्म र मृत्यु प्रकृतिको नियम हो।

ग) असल - खराब 

    राम असाध्यै असल विद्यार्थी हो।

   गृहकार्य नगर्ने ज्यादै खराब बानी हो।

घ) मेहनती - अल्छी

     मानिसले मेहनत गर्‍यो भने सफलता नि झुकेर आउँछ।

    हामीले पढ्न अल्छी गर्‍यौ भने हाम्रो भविष्य अन्धकार हुनेछ।

ङ) साँचो - झुटो

     गौतम बुद्धले सधै साँचो मात्र बोल्नुपर्छ भनेर उपदेश दिएका छन्।

     हामीले झुटो बोल्नु हुँदैन।


बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् : 

असम्भव, उच्च, निर्माण, संसार, लालच, सदैव, उद्यत, यात्रा, आदर्श, विश्व 

२. दिइएको कवितांश आठ आठ अक्षरमा विश्राम गरी वाचन गर्नुहोस् : 

८ अक्षर                                             ८ अक्षर 

जसका कर्मले बन्छन्                     जिन्दगी हँसिला सुखी 

अरूको लिनुमा भन्दा                     दिनुमा बन्छ जो खुसी 

ईर्ष्याद्वेष हटाएर                             जो छर्छन् प्रेम सौरभ

तिनै मान्छेहरू बन्छन्                     विश्वका निम्ति गौरव । 

३. 'उज्यालो यात्रा' कविता पालैपालो लयबद्ध वाचन गर्नुहोस् । 

४. दिइएको अनुच्छेद पढी अनुष्टुप छन्दबारे साथीबिच छलफल गर्नुहोस् : 

अनुष्टुप छन्दका चार पाउ हुन्छन् । यसका प्रत्येक पाउमा आठ अक्षर हुन्छन् । यस छन्दमा हरेक श्लोकको प्रत्येक पाउको पाँचौं अक्षर लघु (हस्व) हुन्छ र छैटौं अक्षर गुरु (दीर्घ) हुन्छ । पहिलो र तेस्रो पाउको सातौँ अक्षर गुरु अनि दोस्रो र चौथो पाउको सातौँ अक्षर लघु (ह्रस्व) हुन्छ । यसरी प्रत्येक पाउमा सातौँ अक्षर क्रमशः गुरु लघु बनिरहन्छ अर्थात् पहिलो पाउमा गुरु, दोस्रो पाउमा लघु, तेस्रो पाउमा गुरु र चौथो पाउमा लघु हुन्छ । प्रत्येक आठौँ वर्णपछि यति वा विश्राम हुन्छ ।

५. "उज्यालो यात्रा' कविताबाट लेखन र उच्चारण फरक हुने कुनै पाँचओटा शब्द टिपी तिनको शुद्ध उच्चारण गर्नुहोस् । 

उत्तर- जीवन, संसार, विश्‍व, कविता, जसका 

६. उदाहरणमा दिए जस्तै जोडी अनुप्रासयुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस् । 

उदाहरण : चन्दन - नन्दन 

उत्तर 

शब्द     अनुप्रासयुक्त शब्द 

चन्दन     नन्दन 

असम्भव     सब 

सुखी     खुसी 

मनोहर     सुन्दर 

खातिर     शिर 

सौरभ     गौरव 

भरी        छरी

७. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्‌ :

   जसका भावना हाँस्छन्‌, मनमा रागिनी भरी 

    जसका जिन्दगी बाँच्छन्‌ रातमा चाँदनी छरी ।

(अ) यस कवितांशका चार पाउ छुट्याएर लेख्नुहोस्‌ ।

उत्तर -

जसका भावना हाँस्छन्‌,

मनमा रागिनी भरी

जसका जिन्दगी बाँच्छन्‌

रातमा चाँदनी छरी ।

(आ) कवितांशका चारै पाउको पाँचौँ हस्व वर्ण रेखाङ्कन गर्नुहोस्‌ ।

उत्तर - भाना, रागिनी, जिन्दगी, चाँनी

(इ) कवितांशका चारै पाउको छैटौं दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस्‌ ।

उत्तर - भावना, रागिनी, जिन्दगी, चाँदनी

(ई) कवितांशका चारै पाउका सातौं वर्ण क्रमशः लेख्नुहोस्‌ ।

उत्तर- हाँ, भ, बाँ छ

८. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्‌ ।

जुटेका ज्ञानले जो छन्‌ पार्दै धर्ती मनोहर

उठेका कर्मले जो छन्‌ गर्दै निर्माण सुन्दर ।

समर्पित भएका छन्‌ जो सदा न्यायखातिर

संसारमा उठेका छन्‌ तिनैका विजयी शिर ।


(क) धर्तीलाई केले मनोहर बनाएको छ?

उत्तर - ज्ञान र कर्ममा जुटेका मानिसहरुले धर्तीलाई मनोहर बनाएको छ ।

(ख) कर्म गर्नेको जिन्दगी कस्तो बन्छ?

उत्तर- कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ ।

(ग) कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ?

उत्तर - कवितांशमा जो मानिस सधैँ न्यायखातिर समर्पित भएका हुन्छन्‌, उनीहरुको शिर उचो हुन्छ भनिएको छ ।

(घ) कवितांशबाट के सन्देश पाइन्छ?

उत्तर- ज्ञान र कर्ममा जुटेर धर्तीलाई मनोहर बनाउनुपर्छ । सधैँ न्यायको लागि समर्पित भएमा शिर उचो भई विजय हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रस्तुत कविताँशबाट पाउन सकिन्छ ।


९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्‌ ।

(क) "उज्यालो यात्रा' कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस्‌ ।

उत्तर- "उज्यालो यात्रा' कविताको सुरुका दुईवटा हरफमा मुख्य गरी कर्म, संघर्ष र संकल्पलाई मुख्य विषयवस्तु बनाइएको छ। जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई सयौंपटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्मशक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउन सक्छौं। हामीले जहिले पनि उच्च संकल्प लिनुपर्छ। संसारमा असम्भव केही छैन। सबै महान्‌ व्यक्तिहरू संकल्पकै कारण महान्‌ बनेका हुन्छन्‌।

(ख) जीवन सार्थक पार्न के के गर्नुपर्छ?

उत्तर- जीवनको यात्रालाई उज्यालो बनाउन अर्थात्‌ सार्थक पार्न उच्च संकल्प लिएर हामी कर्मशील बन्नुपर्छ। हामीले ईर्ष्या, द्वेष त्यागेर प्रेमको सौरभ छर्नुपर्छ र उपकारी बन्नुपर्छ। हामी उदाहरणीय व्यक्तित्व बन्न सक्नुपर्छ। हाम्रो ज्ञानले धर्तीलाई मनोहर बनाउनुपर्छ अनि हाम्रो कर्मले सुन्दर निर्माण गर्नुपर्छ। कर्म विध्वंशका लागि होइन, निर्माणका लागि हो। त्यस्तै हामीले लोभलालच मनमस्तिष्कबाट फ्याकेर न्यायका खातिर सदैव समर्पित हुनुपर्छ। अनि मात्र हाम्रो जीवन सार्थक हुन्छ।

(ग) कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन्‌ ?

उत्तर- कवि रामप्रसाद ज्ञवालीले कवितामा लोभलालच र व्यक्तिगत स्वार्थ त्यागेर कर्मको यात्रामा तल्लीन हुन चाहेका छन्‌ । चन्द्रसूर्य जस्तै बनेर अरुलाई उज्यालो किरण दिन चाहन्छन्‌ । आफ्नै पौरखले जीवनको बाटो खन्न खोजेका छन्‌ । यसरी कवि एउटा महान्‌ मानिस बनेर अरुको सेवा गर्ने आदर्श जीवन यात्राको कल्पना गरेका छन्‌ ।

(घ) 'उज्यालो यात्रा' कविताको मूल भाव के हो?

उत्तर- 'उज्यालो यात्रा' कविताको मूल भाव ज्ञान, कर्म र संकल्पले मानिसलाई आदर्श पात्र बन्न उत्प्रेरित गर्नु हो । मानिसको जीवन कसरी सार्थक बनाउन सकिन्छ? कसरी जीवनलाई उज्यालो पथमा लैजान सकिन्छ भन्ने सन्दर्भमा कविले आफ्नो आदर्श विचार पोखेका छन्। कविताले मूलतः जीवनरूपी यात्रालाई उज्यालो पारी कसरी आदर्श र महान्‌ व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेको छ। विश्वमा आदर्श र नमुना बन्नका लागि सधैं नै महान कर्मको यात्रा गर्नुपर्छ भन्ने कविको धारणा कवितामा प्रस्तुत भएको छ। महान्‌ कर्मको आदर्श यात्रामा कहिले चलुँला? चन्द्रसूर्य जस्तै आफैँ कहिले बसुँला? आफ्नो पौरखले आफ्नो बाटो कहिले खनुँला? अनि सर्वोच्च कविता आफैँ कहिले वनूँला? भन्दै हामी अघि बढ्यौं भने उज्यालो भविष्यका साथ उज्यालो यात्रा तय गर्न सकिन्छ भन्ने भाव कविले कवितामा अभिव्यक्त गरेका छन्‌। त्यस्तै सत्कर्म र सत्व्पवहारले जीवनको उज्यालो यात्रा तय भई महान्‌ र आदर्श बन्न सकिने भाव वा सन्देशसमेत कवितामा प्रस्तुत भएको छ।

१०. कविताको दोस्रो श्लोकलाई व्याकरणिक पदक्रम मिलाई गद्यमा रुपान्तरण गर्नुहोस्।

उत्तर-  कविताको दोस्रो श्लोक यस प्रकार रहेको छः-

    भएमा उच्च सङ्‍कल्प छैन केही असम्भव

    सङ्‍कल्पैले बनेका हुन् महान मान्छेहरू सब।

व्याकरणिक पदक्रम मिलाई गद्यमा रुपान्तरण गर्दा,

उच्च सङ्‍कल्प भएमा केही असम्भव छैन।

सबै मान्छेहरू सङ्‍कल्पले नै महान बनेका हुन्।

११. भाव विस्तार गर्नुहोस्।